You are viewing the translated version of भन्सार महसुल वा जरिबाना फिर्ता दिने.
Section 75
भन्सार महसुल वा जरिबाना फिर्ता दिने
(१) कुनै निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्दा कानून बमोजिम लाग्नेभन्दा बढी भन्सार महसुल बुझाएको रहेछ भने सम्बन्धित भन्सार कार्यालयले निजलाई त्यस्तो बढी भन्सार महसुल तोकिए बमोजिम फिर्ता दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा भन्सार महसुल फिर्ता हुने छैनः-
(क) मालवस्तु छुटाएको साठी दिनभित्र त्यस्तो महसुल फिर्ता लिन सम्बन्धित भन्सार कार्यालयमा निवेदन नदिएमा, वा
(ख) फिर्ताको लागि दाबी गरिएको अङ्क पाँच सय रुपैयाँभन्दा कम भएमा ।
(३) भन्सार अधिकृतले असुल गरेको महसुल वा जरिबाना उपर यस ऐन बमोजिम परेको पुनरावेदन उपर निर्णय हुँदा त्यसरी असुल भएको सबै वा केही महसुल वा जरिबाना नलाग्ने गरी निर्णय भएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सो निर्णय उपर थप पुनरावेदन नलाग्ने अवस्थामा वा अनुमति प्राप्त नहुने भनी सम्बन्धित अदालतबाट निर्णय भएपछि मात्र भन्सार अधिकृतले सम्बन्धित व्यक्तिलाई त्यस्तो भन्सार महसुल वा जरिबाना फिर्ता दिनेछ ।